आदिकविमा वि वि ए कार्यक्रमका अविभावकहरुसँग अन्तरकृया सम्पन्न

पुस २०, दमौली

आदिकवि भानुभक्त क्याम्पसमा बि.बि.ए प्रथम सत्रमा अध्ययनरत विद्यार्थीहरुका अविभावकसँग अन्तरकृया कार्यक्रम क्याम्पस संचालक समितिका अध्यक्ष ब्रह्मदत्त तिमल्सेनाको प्रमुख आतित्थ्यतामा आइतवार सम्पन्न भएको छ । सो अवसरमा यस क्याम्पसमा संचालित विविए कार्यक्रम तनहूँ जिल्लाको गौरव भएकोले यस कार्यक्रमलाई सफल बनाउन सम्पुर्ण तनहूँबासीहरुको साथ आवश्यक रहने बताउदै विविएको लागि कम्प्युटर प्रयोगशालासहितको भवन निर्माण गरिने तथा गुणस्तर अभिवृद्धितर्फ सबैले योगदान गर्नुपर्ने बताउनु भएको थियो ।

सो अन्तरकृया कार्यक्रममा सहायक क्याम्पस प्रमुख आत्माराम वाँस्तोलाले क्याम्पसमा भन्दा धेरै समय विधार्थीहरु अविभावकहरुसँग रहेने भएकाले अभिभावकको भुमिका महत्वपुर्ण रहेको बताउदै सवै अविभावकहरुलाई क्याम्पसमा स्वागत गर्नु भएको थियो । त्यस्तै सहायक क्याम्पस प्रमुख सदाखर तिमिल्सिनाले आज के पढ्यौ भनेर सोध्नु भन्दा आज सरलाई के सोध्यौ भनेर सोध्ने वानी बसाल्न अविभावकहरुलाई सुझाउनु भयो । प्रथम आन्तरिक परीक्षाको नतिजाको विषयगतरुपमा समिक्षा गर्दै सम्वन्धित प्राध्यापकहरुले शतप्रतिशत नतिजा प्राप्तिका लागि प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विविए डाइरेक्टर वीरेन्द्र पौडेलले विभागमा भएका गुणस्तर अभिवृद्धिका लागि गरिएका कार्यहरु र भावि योजनाहरु अभिभावकहरुलाई जानकारी गराउनु भएको थियो । अभिभावकहरुले आफ्ना नानीबाबुहरुको भविष्य क्याम्पसको हातमा सुम्पिएकोले सवै विधार्थीहरुको सबल र कमजोरी पत्ता लगाई सोही अनुसारका विधार्थी केन्द्रित शिक्षण पद्धतिहरु अपनाई सिकाईलाई दिगो र वजारयोग्य बनाउन आग्रह गर्नुभएको थियो । सो अन्तरकृयामा उप प्राध्यापकहरु सागर पौडेल, जनक काफ्ले, सहायक प्राध्यापकहरु दिपा थापा, गोपाल ढुङ्गाना र घनबहादुर थापाका साथै अविभावकहरुको सहभागिता रहेको थियो । अन्तरकृयाको सहजीकरण बि.बि.ए डाइरेक्टर वीरेन्द्र पौडेल गर्नु भएको थियो । 


Click here to Downlaod