दमौली १९ बैशाख, २०७६
व्यास नगर प्रमुख न्यौपानेले व्यास नगरपालिका भित्रका सबै विद्यालयहरुले ढिलो नगरिकन सूचना तथा सञ्चार प्रविधिलाई अपनाएर प्रभावकारी शिक्षणको मेसो मिलाउन आग्रह गर्नु भएको छ । न्यौपानेले विज्ञान तथा प्रविधि विभागको आयोजना तथा व्यास नगरपालिकाको आर्थिक सहयोगमा व्यास नगरभित्रका विद्यालय प्रअहरुलाई सूचना तथा सञ्चार प्रविधि दिवसको सन्दर्भ पारेर आदिकवि भानुभक्त क्याम्पसमा भएको विद्यालयमा सूचना तथा सञ्चार प्रविधि शिक्षा सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै नगरपालिकाले सूचना तथा सञ्चार प्रविधिलाई विद्यालयमा पुु¥याउन आवश्यक थप बजेटको व्यवस्था मिलाउने प्रतिवद्धता जनाउदै सोको लागि प्रअहरुले जिम्मेवारीपूर्वक अगाडि बढ्न सुझाउनु भएको थियो ।
आदिकवि भानुभक्त क्याम्पस, विज्ञान तथा प्रविधि  विभागका प्रमुख राजन घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्कीले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले शुभकामना मन्तव्य राख्नुभएको थियो भने आइसिटी विषय समितिका संयोजक सुलभ कुमार श्रेष्ठले धन्यवाद मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सहभागी प्रअहरुका तर्फबाट चण्डीदेवी राष्ट्रिय माविका प्रअ आर सि पोख्रेल र लर्ड बुद्ध वोर्डिङ स्कुलका प्रिन्सिपल सनम तामाङले सहभागीहरुका तर्फबाट अभिमुखीकरण पछिको सिकाइ अनुभव राख्नु भएको थियो । सहभागीहरुलाई आइसिटीका प्राध्यापक शैलेन्द्र पौडेल र विक्रम थापाले विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि प्रयोग हुने  सूचना प्रविधि, वेवसाइट, डाटाको भण्डारण विधि र विद्यालयमा प्रयोग हुने आइसिटीका सामग्रीहरु र तिनको प्रयोगका बारेमा जानकारी गराउनु भएको थियो भने पाँचौ सेमेष्टरका विद्यार्थी क्रिप्टन थापा र सुस्मिता श्रेष्ठले गुगल र माइक्रोसफ्टको प्रयोग गरी कक्षा शिक्षण गर्ने तरिका बारेमा प्रदर्शन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन आइसिटी सातौ सेमेस्टरका विद्यार्थीहरु सम्झना रसायली र सुजन गिरीले गर्नुभएको थियो । आइसिटी दिवसकै सन्दर्भ पारेर क्याम्पसका वि आई सिटिका विद्यार्थिीहरुले १७ गते विज्ञानचौर आमा समुहका आमाहरुलाई सूचना प्रविधिको दैनिक जीवनमा हुने प्रयोग बारे र  १८ गते जनजागृति माविका कक्षा ९ र १० का विद्यार्थीहरुलाई पढाइमा सूचना प्रविधिको उपयोग सम्बन्धमा अभिमुखीकरण गराएका थिए भने १८ गते साँझ साइवर सेक्युरिटीका नेपाल विज्ञ सचिनजङ्ग कार्की र कार्यरत प्राध्यापक र विद्यार्थीहरुले सुचना प्रविधि र आधुनिक शिक्षाका बारेमा अन्तरक्रिया समेत गर्नु भएको थियो ।

 


Click here to Downlaod