दमौली, २०७५ बैशाख ५

आदिकवि भानुभक्त क्याम्पस र मिजौरी साउदन स्टेट विश्वविद्यालय विच बिहिबार दिउँसो क्याम्पस सभा कक्षामा अन्तरक्रिया एवं समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसको तर्फबाट क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बस्नेत र मिजौरी साउदन स्टेट विश्वविद्यालयका तर्फबाट कार्यकारी उपाध्यक्ष  डा.व्रयाड हडसनले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको थियो । सम्झौता पश्चात क्याम्पसमा अध्ययनरत विद्यार्थी र शिक्षकहरु आदान प्रदान गर्ने वाटो औपचारीक रुपमा खुलेको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र वस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, प्रदेश सभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्ले, उपप्रमुख पवित्रा पौडेल, व्यास नगरपालिकाका उपप्रमु्ख मिरा जोशी, मिजौरी साउदन स्टेट विश्वविद्यालयका कार्यकारी उपाध्यक्ष डा.व्रयाड हडसन, माइकल सान्डर्स, डा.च्याड स्टिेविन्स् लगायतले आदिकवि भानुभक्त क्याम्पस र मिजौरी साउदन स्टेट विश्वविद्यालय विचको सहकार्यले क्याम्पसको शैक्षिक विकासमा मदत मिल्ने विश्वास ब्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रममा आमन्त्रित व्यक्तित्व तथा अतिथिहरुलाई क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्कीले माला एवं खादा लगाएर स्वागत गर्नुभएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको छोटो परीचय प्रस्तुत गर्नु भएको थियो भने आदिकवि भानुभक्त क्याम्पस र साउदन स्टेट विश्वविद्यालयकका विच सस्थागत सहयोेग किन र केका लागि यसका लक्ष्य र उद्येश्य, उक्त विश्वविद्यालयको शिक्षण सिकाई विधी, शोध तथा अनुसन्धानको बारेमा डा.व्रयाड हडसन, माइकल सान्डर्स, डा.च्याड स्टिेविन्सले प्रकाश पार्नु भएको थियो । मिजौरी साउदन स्टेट विश्वविद्यालय र आदिकवि भानुभक्त क्याम्पसको सम्बन्ध र सहकार्यलाई चिर स्थायी बनाउन क्याम्पस परिसरमा वृक्षरोपण गरिएको थियो ।
 उक्त अवसरमा आदिकवि भानुभक्त क्याम्पस र विच सम्बन्ध स्थापनाका लागि विशेष भुमिका खेल्ने पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष प्रदिप काफ्ले, अमेरिकी राजदुतावासका कर्मचारी अपार पौडेल लगायत क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष द्वय ताराप्रसाद श्रेष्ठ, समुन्द्र गोदार, समितिका सदस्यहरु, स्थानिय निकायका जन प्रतिनिधिहरु, प्राध्यापक एवं कर्मचारी, अभिभावक, विद्यार्थी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 


Click here to Downlaod