२०७५ फागुन ११, दमौली
आदिकवि भानुभक्त क्याम्पसमा फागुन ११ गते क्याम्पस सभाकक्षमा अभिभावक भेला एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस सञ्चलाक समिति सदस्य एवं अभिभावक प्राध्यापक संघका संयोजक ऋषिराम ढुङ्गानाको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बस्नेतले आगामी दिनहरुमा प्राध्यापक, कर्मचारी एवं अभिभावकहरुको संयुक्त प्रयासबाट क्याम्पसले आफ्नो शैक्षिक गुणस्तरमा अझै निखारपन ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष एवं व्यास नगरपालिकाका संथापक मेयर ताराप्रसाद श्रेष्ठले क्याम्पसको स्थापनामा लायन्स क्लव एवं स्थानिय दरै समूदायको योगदान सदास्मरणीय रहेको विचार व्यक्त गर्दै वदलिदो समय अनुसार प्राविधिक शिक्षा तर्फ क्याम्पस अगाडी बढ्नु पर्ने सुझाव व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा व्यास नगर पालिकाका वोर्ड सदस्य चन्द्रमाया परियार, व्यास न.पा वडा नं २ का अध्यक्ष एवं क्याम्पस सञ्चालक समितिका सदस्य काशिराम श्रेष्ठ, सञ्चालक समितिका सदस्य मंगल प्रसाद श्रेष्ठ, दुर्गा भक्त अधिकारी, स्व.वि.यु अध्यक्ष दुर्गा भण्डारी, लायन्स क्लव तनहुँका पूर्व अध्यक्ष बाबुराम बगाले लगायत उपस्थित अभिभावकहरुले आफ्नो जिज्ञासा र सुझाव राख्नु भएको थियो भने प्रस्तुत जिज्ञासाहरुको सन्दर्भमा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले प्रष्ट पार्नु भएको थियो । क्याम्पसको समग्र शैक्षिक गतिविधिको बारेमा सम्पूर्ण प्राध्यापकहरुको तर्फबकाट गणित विषयका प्राध्यापक अनिल श्रेष्ठले जानकारी गराउनु भएको थियो भने उक्त अन्तरक्रिया कार्यक्रमले ९ बुदे प्रस्ताव समेत सर्वसम्मत रुपमा परित गरेको थियो । उक्त कार्यक्रममा क्याम्पस सञ्चलक समितिका सदस्यहरु, अभिभावक प्राध्यापक संघका सदस्यहरु, कार्यरत प्राध्यापक एवं कर्मचारीहरुको र उल्लेख्य संख्यामा अभिभावकहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमकमा उपस्थित महानुभावहरुलाई शिक्षा विभाग प्रमुख कल्पना लम्सालले स्वागत गर्नु भएको थियो भने अभिभावक प्राध्यापक सङ्घका सदस्य वुद्धि सागर साँखीले धन्यबाद व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन एवं सहजिकरण सहायक क्याम्पस प्रमुख आत्माराम बास्तोलाले गर्नु भएको थियो ।

 


Click here to Downlaod