दमौली, फागुन १८, २०७५
आदिकवि भानुभक्त क्याम्पस दमौलीको शैक्षिक सत्र २०७५÷०७६ को क्याम्पस परिषद् एवं अर्ध वार्षिक समीक्षा बैठक शनिबार क्याम्पस सभाकक्षमा सम्पन्न भएको छ । क्याम्पस नियमावली अनुसार क्याम्पसको गतिविधि एवं शैक्षिक कार्यक्रमहरुको कार्य प्रगतिमाथि छलफल र समीक्षा गरी क्याम्पस सञ्चालक समितिलाई सल्लाह, सुझाव तथा निर्देशन दिई आवश्यक निर्णय लिनका लागि वार्षिक समीक्षा बैठक आयोजना गरिएको   हो । २०६३ सालमा २५ हजार र त्यसपछि ३० हजारभन्दा बढी नगद वा सो बरावरको चलअचल सम्पति सहयोग गर्ने व्यक्ति वा संस्था एवं ५० हजार रुपैयाँभन्दा बढीको छात्रवृत्ति वा अक्षय कोष स्थापना गर्ने संस्थापकहरु, क्याम्पस सञ्चालक समिति, प्राध्यापक, कर्मचारी, विद्यार्थी प्रतिनिधि सदस्य रहेको क्याम्पस परिषद बैठक क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बस्नेतको अध्यक्षतामा शनिबार सम्पन्न भएको थियो ।
उक्त वैठकमा बोल्दै प्रदेश सभा सदस्य सरिता गुरुङले यस क्याम्पसलाई गण्डकी प्रदेशको उत्कृष्ट शैक्षिक गन्तब्य बनाउका लागि आफ्नो तर्फबाट भरपुर सहयोग गर्ने प्रतिवद्धता जनाउदै क्याम्पसले सुरु गरेको राष्ट्रिय अन्तराष्ट्रिय सम्बन्ध विस्तार कार्यक्रमले शैक्षिक उन्नयनमा टेवा पु्ग्ने विचार व्यक्त गर्नु भएको थियो । बैठकमा वोल्दै पूर्व क्याम्पस प्रमुख एवं व्यास न.पा. का मेयर वैकुण्ठ न्यौपानेले क्याम्पसको प्रतिवेदनहरु वस्तुगत रुपमा प्रस्तुत गर्नुपर्ने र योजनावद्ध क्रियाकलापमा जोड दिनुपर्ने सुझाव दिनुका साथै एम.फिल र पिच.डी अध्ययनको लागि क्याम्पसले उपलब्ध गराउदै आएको अवसरलाई सदुपयोग गरी आफ्नो वृत्ति विकासमा समेत लाग्न प्राध्यापकहरुलाई सुझाव दिनु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख पवित्रा पौडेल, क्याम्पस सञ्चालक समिति सदस्य एवं जिल्ला समन्वय समितिका सदस्य केशबहादुर सुनार, अर्जुन बहादुर अधिकारी, नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि विष्णुभक्त सिग्देल, नेपाली काङ्ग्रेस पार्टी प्रतिनिधि मोहन गिरी, स्व.वि.यू सभापति दुर्गा भण्डारी, पुस्तकालय सल्लाहकार समितिका सदस्य हरिश्चन्द्र वाग्ले, ने.वि.संघका क्याम्पस इकाइ अध्यक्ष सुर्दशन पोख्रल लगायतले  सुझाव राख्नु भएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा समितिका उपाध्यक्ष श्रीराम कार्कीले स्वागत गर्नु भएको थियो ।
सो बैठकमा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको आर्थिक, भौतिक प्रतिवेदन तथा यस शैक्षिक सत्रका बाँकी छ महिनामा क्याम्पसले गर्नु पर्ने कार्यहरु प्रस्तुत गर्नु भएको थियो भने सहायक क्याम्पस प्रमुख सदाखर तिमिल्सिनाले क्याम्पसको शैक्षिक गतिविधि र नतिजा सम्बन्धि प्रतिवेदनहरु पेश गर्नु भएको थियो ।  उक्त परिषदले पेश भएका शैक्षिक, आर्थिक र भौतिक प्रतिवेदनहरु का साथै यस शैक्षिक शस्त्रमा पुरा गर्नु पर्ने बाँकी कार्यक्रमहरुलाई सम्पन्न गर्ने निर्णय गदै उक्त प्रतिवेदनहरु पारित गरेको थिायो । साथै माननिय संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्री रविन्द्र अधिकारी सहित अन्य विशिष्ट व्यक्तिहरुको गत फागुन १५ गते भएको हेलीकप्टर दुर्घटनामा परी निधन भएकोमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक प्रस्ताव समेत पारीत गेरेको थियो ।
क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष एवं व्यास न.पाका प्रथम मेयर तारा प्रासद श्रेष्ठ,  क्याम्पस सञ्चालक समिति सदस्य एवं व्यास न.पा वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठ, पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य, अभिभावक प्राध्यापक संघका अध्यक्ष ऋषिराम ढुङ्गाना, वातावरण समिति संयोजक दिल बहादुर दरै, क्याम्पस सञ्चालक समितिका सदस्यहरु छात्रवृत्ति कोषका संस्थापकहरु, जग्गादाताहरु, अक्षय कोष संस्थापकहरु, नेपाली विभाग प्रमुख डा. ईश्वरचन्द्र वाग्ले, शिक्षाशास्त्र विभाग प्रमुख कल्पना लम्साल, अङ्ग्रेजी विभाग प्रमुख सागर पौडेल, विज्ञान तथा प्रविधि विभाग प्रमुख राजन घिमिरे, व्यवस्थापन विभाग प्रमुख रामभक्त घिमिर ेकक्षा ११ र १२ कार्यक्रम संयोजक चिरन्जीवी बस्नेत, शोध तथा अनुसन्धान व्यवस्थापन समिति प्रमुख डा. रामकुमार अधिकारी, विद्यार्थी गुनासो समिति संयोजक जनक काफ्ल,े परामर्श समितिका संयोजक विश्वेश्वर तिमल्सेना, कार्यरत प्राध्यापक एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त बैठकको सहजीकरण सहायक क्याम्पस प्रमुख आत्माराम वास्तोलाले गर्नु भएको थियो ।

 


Click here to Downlaod