२०७५ माघ २७, दमौली
आदिकवि भानुभक्त क्याम्पसमा माघ २७ गते आईतबार बिहान क्याम्पस सभाकक्षमा शिक्षाशास्त्र सङ्काय स्नातक तह प्रथम वर्षमा विज्ञान शिक्षा विषय लिई अध्ययनरत विद्यार्थीहरुको अभिभावक र क्याम्पस प्रशासन विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धिकालागि क्याम्पसले नियमित रुपमा आन्तरीक परीक्षा लिईरहेको र अभिभावकहरु संग नियमित रुपमा क्याम्पस प्रशासन सम्पर्कमा रहने कुरा व्यक्त गर्नु भएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा २५ जना अभिभावक र विज्ञान शिक्षा विषय लिई अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा प्रथम आन्तरीक परीक्षाको लब्धाङ्कपत्र वितरण गरी विद्यार्थीहरुको शैक्षिक स्थितीका बारेमा समेत छलफल गरीएको थियो । अन्तरक्रिया कार्यक्रममा शिक्षा विभाग प्रमु्ख उप प्राध्यापक कल्पना लम्साल, विज्ञान तथा प्रविधि विभाग प्रमुख उपप्राध्यापक राजन घिमिरे, सहायक प्राध्यापक सागर न्यौपाने, रविन के.सी, प्रकाश गैह्रे, सरला देवकोटा लगायतको उपस्थिति रहेको थियो । हाल स्नातक प्रथम वर्षमा बिज्ञान शिक्षा विषय लिई ४६ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

 


Click here to Downlaod