दमौली, आश्विन २३,२०७५

समुदायबाट सञ्चालित आदिकवि भानुभक्त क्याम्पसमा क्याम्पसमा गुरुयोजना पूर्व तयारी कार्यशाला
गोष्ठी क्याम्पस सभा कक्षमा सम्पन्न भएको छ । गोष्ठीका प्रमुख अतिथि व्यास नगर पालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पानसमा दीप प्रज्वलन गरी गोष्ठीको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि न्यौपानेले क्यु.ए.ए. मान्यता प्राप्त क्याम्पसलाई स्वायत्त क्याम्पसको हैसियतमा विकसित गर्न, शैक्षिक गुणस्तर सुधार गर्न र क्याम्पसलाई भावी दिनहरुमा एक उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन गुरुयोजना तयार गर्नुपर्ने कुरामा जोड दिदै सो कार्यका लागि व्यास नगर पालिकाले यथासक्य सहयोग गर्ने बताउनु भएको थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बस्नेतको सभापतित्वमा आयोजित सो कार्यशाला गोष्ठीमा  विशिष्ट अतिथि राष्ट्रिय सभा सदस्य माननीय प्रकाश पन्थ, संविधान सभा सदस्यका सदस्य रामचन्द्र पोखरेल, पूर्वमन्त्री अमरराज कैनी, जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख पवित्रा पौडेल, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सञ्चालक समितिका आमन्त्रित सदस्य पि.एल. श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका कार्यवाहक अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, नेपाली काङ्ग्रेसका जिल्ला सचिव विश्व बास्तोला, पर्यटनविद एवं रोटरी क्लब अफ दमौलीका पूर्व अध्यक्ष हरिसिं गुरुङ लगायतका वक्ताहरूले क्याम्पसलाई तनहुँ जिल्लाको उत्कृष्ट शैक्षिक गन्तव्य बनाउनु पर्नेमा जोड दिदै क्याम्पसमा आयोजित यस किसिमको कार्यक्रमले क्याम्पसलाई योजनावद्ध ढङ्गबाट अगाडि बढाउन मद्दत गर्ने कुरा व्यक्त गर्नु भएको थियो ।
त्रिभुवन विश्वविद्यालयका सहायक डीन दिनेशमणि घिमिरेले सहजीकरण गर्नु भएको उक्त कार्यशाला गोष्ठीमा क्याम्पसका सबल, दुर्बल पक्ष तथा अवसर र चुनौतीका विषयमा समूहगत छलफल सञ्चालन लागि विश्व बास्तोला, श्रीप्रसाद श्रेष्ठ, प्रतापलाल श्रेष्ठ र हरिसिं गुरुङको संयोजकत्वमा समूह विभाजन गरिएको थियो । समूहगत छलफल पश्चात समूहका संयोजक एवं सदस्यहरुबाट निष्कर्ष समेत प्रस्तुत गरिएको थियो ।
गोष्ठीमा जिल्ला समन्वय समितिका सदस्य एवं क्याम्पस सञ्चालक समितिका सदस्य केशबहादुर सुनार, व्यास न.पा वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठ, शिक्षाशास्त्र संकाय केन्द्रीय क्याम्पस कीर्तिपुरका प्राध्यापक पिताम्वर आचार्य, क्याम्पस सञ्चालक समितिका सदस्यहरु, जनज्योति क्याम्पसका प्रमुख केशवराज काफ्ले, शारदा कलेजका अध्यक्ष आनन्दराज त्रिपाठी, सि.के.वि.के कलेजका प्रमुुख नवराज सिग्देल, प्राध्यापक संघका सभापति विजयराज खनाल, स्व.वि.यू सभापति दुर्गा भण्डारी, छिमेकी क्याम्पस एवं विद्यालयका प्रमुखहरु, क्याम्पसमा कार्यरत प्राध्यापक, कर्मचारी र अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । सहायक क्याम्पस पं्रमुख आत्माराम बास्तोलले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा कार्यक्रमको उद्देश्यमाथि क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले प्रकाश पार्नु भएको थियो भने क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्कीले स्वागत गर्नु भएको थियो ।

 


Click here to Downlaod