दमौली, चैत्र ७, २०७५

आदिकवि भानुभक्त क्याम्पस दमौलीमा तनहुँ, लमजुङ र गोरखाका सामुदायिक क्याम्पसमा कार्यरत प्राध्यापक एवं कर्मचारीहरुको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बस्नेतको अध्यक्षतामा सञ्चालन भएको उक्त उद्घाटन कार्यक्रमका प्रमुख अतिथि विश्वविद्याललय अनुदान आयोगका अध्यक्ष प्राध्यापक भीम प्रसाद सुवेदीले सामुदायिक क्याम्पसमा शैक्षिक गुणस्तर सुधारका लागि र प्राध्यापक तथा कर्मचारीहरुका लागि यस किसिमका कार्यक्रमहरु उपयोगी हुने विचार ब्यक्त गर्नु भएको थियो । साथै विश्वविद्यालय अनुदान आयोगले प्राध्यापकहरुको क्षमता अभिवृद्धिका लागि प्रदान गर्दैै आएको अवसरलाई समेत उपयोग गर्न सुझाव प्रदान गर्नु भएको थियो ।


कार्यक्रमका विशिष्ट अतिथि त्रिभुवन विश्वविद्यालय वित्तशास्त्र विषय समितिका अध्यक्ष प्रा. डा. राजन बहादुर पौडेलले कार्यशालाका विषयवस्तुहरु सान्दर्भिक रहेको र यस कार्यशालाबाट प्राप्त ज्ञान कक्षा शिक्षणका लागि  प्रभावकारी हुने बताउनु भएको थियो । त्यसै गरी विशिष्ट अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले एम.फिल र पिच.डी. अध्ययनकोे अवसरलाई सदुपयोग गरी आफ्नो वृत्ति विकासमा समेत लाग्न प्राध्यापकहरुलाई सुझाव दिनु भएको थियो । उक्त उद्घाटन सत्रमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ,  पव्लिक क्याम्पस संघ तनहुँका अध्यक्ष जितप्रकाश आले लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले कार्यक्रमको उद्येश्य माथि प्रकाश पार्नु भएको थियो । तनहुँ, लमजुङ र गोरखाका सामुदायिक क्याम्पसका क्याम्पस प्रमुखहरु, प्राध्यापकहरु र कर्मचारीहरु गरी १०० जनाको उपस्थित रहेको उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्कीले सहभागीहरुलाई स्वागत गर्नु भएको थियो भने सहायक क्याम्पस प्रमुख आत्माराम बास्तोलाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
कार्यशालाका सहभागीहरुलाई सहजिकरणका लागि वित्तशास्त्र विषय समितिका अध्यक्ष प्रा.डा.राजन बहादुर पौडेल, उपप्राध्यापक महेश घिमिरे, उपप्राध्यापक रोमकान्त पाण्डे, डा. डेविट बस्याल, सुरेन्द्र महतो रहनु भएको छ ।


Click here to Downlaod