२०७५ चैत्र २४, दमौली
आदिकवि भानुभक्त क्याम्पसका पूर्ब बिद्यार्थी तथा आदर्श समाज मोहोरियाटार ब्यास १ का अध्यक्ष कृष्णराज पन्थले विश्व स्वास्थ्य दिवसको अबसर पारेर क्याम्पसलाई करिब ४० हजार रुपैयाँ बराबरकोे २० ओटा फोहर संकलन गर्ने डस्टबिन प्रदान गर्नु भएको छ । आइतवार बिहान क्याम्पस परिसरमा पुर्ब बिध्यार्थी संघले आयोजना गरेको डस्टविन हस्तान्तरण कार्यक्रममा पन्थकी सुपुत्री तथा क्याम्पसको वि एड चौथो बर्षमा अध्ययनरत छात्रा प्रतिमा पन्थले संघका अध्यक्ष वीर बहादुर बस्नेतलाई उक्त डस्टबिनहरु हस्तान्तरण गर्नुभएको थियो भने बस्नेतले ती डस्ट्बिनहरु क्याम्पस संचालक समिति अध्यक्ष रामचन्द्र बस्नेतलाई हस्तान्तरण गर्नु भएको थियो । संघका सचिब तथा प्राध्यापक बिमल गिरिले संचालन गरेको हस्तान्तरण कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खले, प्राध्यापक संघ इकाइ सभापति बिजयराज खनाल लगायत बिभागिय प्रमुख, प्राध्यापक, कर्मचारी र बिध्यार्थिहरुको उपस्थित रहेको थियो ।


Click here to Downlaod