आदिकवि भानुभक्त क्याम्पसको ३२ औं वार्षिकोत्सव सम्पन्न
दमौली, भाद्र १८
समुदायबाट सञ्चालित आदिकवि भानुभक्त क्याम्पसको ३२ औं वार्षिकोत्सव भव्य समारोहका बिच सोमबार नवनिर्मित क्याम्पस सभा कक्षमा सम्पन्न भएको छ । वार्षिकोत्सव समारोह प्रमुख अतिथि एव्म गण्डकी प्रदेशका प्रमुख माननीय बाबुराम कँुवरले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि कुँवरले क्यु.ए.ए. मान्यता प्राप्त क्याम्पसलाई स्वायत्त क्याम्पसको हैसियतमा विकसित गर्न, शैक्षिक गुणस्तर सुधार गर्न र प्राविधिक विषयहरूको सम्बन्धन ल्याउनमा आगामी दिनमा सवै सरोकारवालाहरुले जोड दिनु पर्ने बताउदै  क्याम्पसको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बस्नेतको सभापतित्वमा आयोजित सो कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय सभा सदस्य माननीय प्रकाश पन्थ, अतिथि गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमान, प्रदेश सभा सदस्य डोवाटे वि.क, सरिता गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगर पालिका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा, लायन्स क्लबका ३२५ द्य ज्ञ का डिष्ट्रिक्ट गर्भनर लायन MJFअशोक कुमार श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सञ्चालक समितिका आमन्त्रि सदस्य पि.एल श्रेष्ठे, व्यास नगर पालिकका प्रथम मेयर एवं क्याम्पस सञ्चालक समितिका सल्लाहकार ताराप्रसाद श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका नेता एवं सञ्चालक समितिका आमन्त्रित सदस्य अतिन्द्रकेशरी न्यौपाने पब्लिक क्याम्पस प्राध्यापक संघ ईकाइका सभापति श्री विजयराज खनाल, स्व.वि.यू सभापति श्री दुर्गा भण्डारी लगायतका वक्ताहरूले क्याम्पसलाई तनहुँ जिल्लाको उत्कृष्ट शैक्षिक गन्तब्य बनाउनु पर्नेमा जोड दिदै क्याम्पस ३२ औं वर्षमा प्रवेश गरेकोमा क्याम्पसको उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
राष्ट्रिय गानवाट शुरुभएको सो समारेहमा कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रेदशका प्रमुख माननीय बाबुराम कुँवर, विशिष्ट अतिथि प्रकाश पन्थ, वडा नं १ का वडा अध्यक्ष खरसिंह दरै, ठूलो गाउँ टोलविकास संस्थाका अध्यक्ष मेजर श्री रामबहादुर के.सी, विज्ञानचौर आमा समूह अध्यक्ष सिता थापा लगायतले सरस्वती र आदिकवि भानुभक्तको तस्विरमा फुलमाला अर्पण गर्नु भएको थियो भने प्रमुख अतिथि कुँवरले यस वर्षका प्रकाशनहरु क्रमशः क्याम्पसको आ.वा २०७४/०७५ वार्षिक प्रतिवेदन–‘भानुश्री’, द जर्नल अफ आदिकविको ८ औं सस्करण र ‘भानुश्री’ साहित्यिक पत्रिका विमोचन गर्नु भएको थियो ।
सो समारोहमा आन्तिरिक परीक्षाको नतिजाको आधारमा वि.एड तर्फ प्रथम, द्वितीय र तृतीय वर्षका क्रमश सन्देश अधिकारी, अभिषेक सापकोटा, धनकुमारी आले, व्यवस्थापन संकाय तर्फ प्रथम, द्वितीय र तृतीय वर्षका देविमाया रानाभाट, मेलिना गुरुङ, इन्दिरा ढुङ्गाना, कक्षा ११ मा २०७४ सालको आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल छात्रा लतिका सुनाम र नविन भट्टराईलाई समेत नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरी सम्मान गरिएको थियो । भने कक्षा ११ तर्फ २०७४ सालको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल छात्र तर्फ नविन भट्टराई र छात्रा तर्फ नोवी थापा, कक्षा १२ को नतिजामा ३.४३ जि.पि.ए ल्याउन सफल केशव चौधरी, ३.३१ जि.पि.ए ल्याउन सफल अस्मिता श्रेष्ठ, ICT तृतीय सेमेष्टरमा उत्कृट नतिजा ३.३४ जि.पि.ए ल्याउन सफल छात्रा प्रभा साँखी, वि.एड दोस्रो वर्षबाट निरा थापा, वि.वि.एस दोस्रो वर्षबाट प्रविना कायस्थ, वि.एड प्रथम र वि.वि.एस प्रथम वर्षबाट क्रमश अभिषेक सापकोटा र सुनिता नेपालीलाई नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
त्यसै गरी २०७४ सालमा स्नातक तह र स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा ल्याई तह उतिर्ण हुन सफल रमा राय (६९.५३ प्रतिशत), सुजता कुँवर, प्रमोदराज पौडेललाई नगद पुरस्कार सहित प्रमाण पत्रबाट सम्मान गरिएको थियो ।
क्याम्पसमा गत शैक्षिक शत्रमा विद्यार्थीहरुलाई उत्कृष्ट नतिजा हासिल गराउन सफल व्यवस्थापन विभागबाट उपप्राध्यापक एवं सहायक क्याम्पस प्रमुख सदाखर तिमिल्सिना, शिक्षाशास्त्र विभागबाट उपप्राध्यापक भोजराज देवकोटा, नेपाली विभागबाट डा रामकुमार अधिकारी, अङ्ग्रेजी विभागबाट उप प्राध्यापक सागर पौडेल, विज्ञान तथा प्रविधि विभागबाट सहायक प्राध्यापक प्रकाश गैह्रे, क्ष्ऋत् विषय समितिबाट शिक्षण सहायक शैलेन्द्र पौडेलका साथै उत्कृष्ट कार्य सम्पादन गरेकोमा कार्यालय सहयोगी रिठ्ठबहादुर कुमाल, लेखा अधिकृत विष्णु बहादुर ढकालका र प्रशासन अधिकृत गिरिजा सुवेदी समेतलाई नगद पुरस्कार, एवम् प्रशंसा पत्रबाट सम्मान गरिएको थियोे ।    
सोही अवसरमा क्याम्पसमा २०७१/०४/०१ देखि २०७५/०३/३१ गते सम्म क्याम्पस प्रमुख पदमा रही क्याम्पसको शैक्षिक, भौतिक, आर्थिक समृद्धिका लागि अतुलनीय सेवा पु¥याउनुहुने व्यास न.पा ४ निवासी उपप्राध्यापक श्री श्रीकृष्ण न्यौपानेको योगदानको उच्च मूल्याङ्कन गर्दै क्याम्पस सञ्चालक समितिको निर्णय बमोजिम कृतज्ञता सहित कदर पत्र प्रदान गरिएको थिायो भने क्याम्पसमा  रु १,०१,१११/को लिलामान सिंह बस्न्यात स्मृति प्रतिस्ठान अक्षयकोष स्नापना गर्नुहुने व्यास न.पा ६ निवासी तनहुँ श्री परशुराम बस्न्यात, १,५२,२६२/ को भर्लेली छात्रवृत्ति कोष स्थापना गर्नुहुने व्यास न.पा ४ निवासी श्री केवल बहादुर श्रेष्ठ/श्री बाबुलाल श्रेष्ठको योगदानको उच्च मूल्याङ्कन गर्दै कदरपत्र र दोसल्लाद्वारा सम्मान गरिएको थियो ।
क्याम्पसको शैक्षिक, आर्थिक, भौतिक विकासमा अतुलनीय योगदान गर्नु भएको तथा लायन्स क्लव डिष्ट्रिक ३२५ द्य ज्ञ का गभर्नर पदमा निर्वाचित हुन भएकोमा लायन MJFअशोक कुमार श्रेष्ठलाई र क्याम्पसमा २०५५ सालदेखि २०७४ सालसम्म अनवरत सेवा प्रदान गर्नुभई शैक्षिक विकासमा अमूल्य योगदान पु¥याउनुका साथै अक्षयकोष स्थापन गर्नुहुने तथा राष्ट्रिय सभाको सदस्य पदमा निवार्चित हुनु भएकोमा माननीय प्रकाश पन्थलाई समेत सम्मान गरिएको थियो ।
सो समारोहमा क्या. सञ्चालक समितिका अध्यक्ष वस्नेतले प्रमुख अतिथि कुँवरलाई क्याम्पसका तर्फबाट मायाको चिनो हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीराम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने समितिका सदस्य एवम् आीर्थक समितिका संयोजक हरिविलास अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन एवं क्याम्पसको नीति तथा कार्यक्रम तथा वजेट प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख आत्माराम वास्तोलाले गर्नुभएको थियो ।
कार्यक्रममा जनज्योती क्याम्पसका प्रमुख एवं गण्डकी प्रदेश पब्लिक क्याम्पस संघका कोषाध्यक्ष केशवराज काफ्ले, आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषी के.सी, निर्मल मा.वि का प्र.अ गणेशचन्द्र वस्नेत, सञ्चालक समितिका सदस्यहरु, छात्रवृत्तिकोष संस्थापक, जग्गादाता एवं अक्षयकोष संस्थापक र आर्थिक सहयोगदाताहरुको वाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा क्याम्पसको विकासमा महत्वपूर्ण योगदान दिने दिवङ्गत हुनुभएका क्याम्पस परिवारका सदस्यहरू प्रति मौन धारण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो भने उहाँहरुको सम्झना र सम्मानमा ३२ ओटा मैनबत्ती प्रज्वलन गरेर कार्यक्रमको समापन गरिएको थियो ।


Click here to Downlaod