दमौली, भाद्र १८
आदिकवि भानुभक्त क्याम्पसको ३१ औं वार्षिकोत्सव भव्य समारोहका बिच आइतबार क्याम्पस प्राङ्गणमा सम्पन्न भएको छ । समुदायबाट सञ्चालित उक्त क्याम्पस ३१ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित वार्षिकोत्सव समारोहको प्रमुख अतिथि एव्म व्यवस्थापिका संसदका सदस्य माननिय रामचन्द्र पोखरेलले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि पोखरेलले यस क्यु.ए.ए. मान्यता प्राप्त क्याम्पसलाइ स्वायत्त क्याम्पसको हैसियतमा विकसित गर्न र शैक्षिक गुणस्तर सुधार गर्न र प्राविधिक विषयहरूको सम्बन्धन ल्याउनमा आगामी दिनमा सवै सरोकारवालाहरुले जोड दिनु पर्ने वताउदै क्याम्पसको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र वस्नेतको सभापतित्वमा आयोजित सो कार्यक्रममा विशिष्ट अतिथि पूर्व राज्य मन्त्रि अम्मरराज कैनी, जिल्ला समन्वय समितिका प्रमुख एवम् क्या. संचालक  समितिका पुर्व अध्यक्ष शान्तिरमण वाग्ले, व्यास न.पा. का प्रमुख एवम् पुर्व क्याम्पस प्रमुख बैकुण्ठ न्यौपाने, ने.क.पा एमालेका बैकल्पिक केन्द्रिय सदस्य पि.एल श्रेष्ठ, ने.क.पा एमालेका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, माओवादी केन्द्रका केन्द्रिय सदस्य अतिन्द्र केशरी न्यौपाने, क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष एवं सल्लाहाकार ताराप्रसाद श्रेष्ठ, क्या. संं. समितिका सदस्य एवम् शहिदचन्द्र नेपालि छात्रावास समितिका संयोजक डोवाटे वि.क., प्राध्यापक संघका सभापति भरत काफ्ल,े मिलन टोल विकास संस्थाका अध्यक्ष सोमराज सिग्देल, स्वतन्त्र विद्यार्थी यूनियनका उपाध्यक्ष सुदर्शन पोख्रेल लगायतका वक्ताहरूले क्याम्पस ३१ औं वर्षमा प्रवेश गरेकोमा क्याम्पसको उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
राष्ट्रिय गानवाट शुरुभएको सो समारेहमा कार्यक्रमका सभापति वस्नेत, विशि विशिष्ट अतिथि पूर्व राज्य मन्त्रि अम्मरराज कैनी, जिल्ला समन्वय समितिका प्रमुख एवम् क्या. संचालक समितिका पुर्व अध्यक्ष शान्तिरमण वाग्ले, व्यास न.पा. का प्रमुख एवम् पुर्व क्याम्पस प्रमुख बैकुण्ठ न्यौपाने, आमन्त्रित सदस्य देवनिधि पन्थ, प्राध्यपाक तर्फवाट शुशिल प्रसाद वाग्ले, पुर्व विद्यार्थी संघका अध्यक्ष सुरेन्द्र पौडेल, नेविसंघ इकाइ सभापतिका उद्धव पौडेल, अनेरास्ववियु क्रान्तिकारिका इकाइका अध्यक्ष नवराज विकस्व वि यु उपाध्यक्ष पोख्रेल, आर्थीक सहयोगदाता केश कुमारी प्रधान, आइसिटिका सफल घिमिरे लगायतले सरस्वती र आदिकवि भानुभक्तको तस्विरमा  फुलमाला अर्पण गर्नु भएको थियो ।  
स्थापना दिवस कार्यक्रममा विशिष्ट अतिथि कैनी, वाग्ले र न्यौपानेले क्याम्पसको यस वर्षका प्रकाशनहरु क्रमशः क्याम्पसको आ.वा २०७३÷०७४ वार्षिक प्रतिवेदन–‘भानुश्री’ २०७४, द जर्नल अफ आदिकवि र ‘भानुश्री’ साहित्यिक पत्रिकाको विमोचन गर्नु भएको थियो । साथै सोे समारोहमा वार्षीकोत्सवका अवसरमा आयोजित अन्तर–माध्यमिक विद्यालय भानुभक्तीय रचना वाचन प्रतियोगितामा प्रथम हुने निर्मल मा.वि.की अंशुमाला भट्टराई, द्वितीय हुने व्यास दिव्य ज्योति बोर्डिङ स्कुलकी गरिमा घिमिरे र आयुष्मा अधिकारी, प्रसुना श्रेष्ठ, तृतीय हुने महेन्द्र मा.वि गुणादीकी विद्या थापा र सान्तवना तर्फ ग्रिन स्टार आ.मा.वि. की विकल्प खनाल र कविता प्रतियोगितामा प्रथम हुने लाली गँुराश बिद्यासागर वो.स्कुलकी मनिषा थापा र द्वितीय हुने सत्यवती मा.वि.का आविष्कार कट्टेललाई विशिष्ट अतिथिहरुले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
सो समारोहमा उच्चमा.वि. तह तर्फ  २०७४ सालको वार्षिक परीक्षामा ७६.३ प्रतिशत अंक सहित उत्कृष्ट नतिजा ल्याइ उर्तिण हुन सफल सन्दिप नेपाली र ७५.१ प्रतिशत अंक सहित उत्कृष्ट नतिजा ल्याइ उर्तिण हुन सफल सुसिल कोईराला, उच्चमा.वि. तहमै २०७३ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याइ प्रथम श्रेणिमा उतिर्ण हुन सफल छात्रा तर्फ ललिता गुरुङ्ग र  छात्र साजन थापालाई नगद तथा पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो । त्यसै गरि स्नातक तहमा ६५.६ प्रतिशत अंक सहित उत्कृष्ट नतिजा ल्याई उतिर्ण हुन सफल वि एड आइसिटि समुहका भाष्कर रेग्मी र ६२.२६ प्रतिशत अंक सहित उत्कृष्ट नतिजा ल्याई उतिर्ण हुन सफल वि एड अंग्रेजी समुहका शान्ति श्रेष्ठलाइ समेत नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
त्यसै गरी क्याम्पसका विभिन्न तह र सङ्कायमा वार्षिक परीक्षा २०७३ मा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू एम.वि.एस. प्रथम वर्षका विष्णु प्रसाद रिजाल, एम. एड. प्रथम वर्ष आंग्रेजि समुहका सुमित्रा विक, वि. एड. प्रथम वर्षमा विज्ञान समुहका रमा राय, वि.वि.एस चौथो वर्षकी सुजनामाया आले  आन्तरिक परीक्षा २०७३ तर्फ  वि.एड. प्रथम वर्षका अभिषेक सापकोटा, वि.एड. दोश्रो वर्षका निरा थापा, वि.एड. तेश्रो वर्षका दिपा दुरा, वि.वि.एस. प्रथम वर्षका साजन थापा, वि.वि.एस. दोश्रो वर्षका मेलिना गुरुङ, वि.वि.एस. तेश्रो वर्षका ईन्दिरा ढुङ्गाना वि.वि.एस. चौथो वर्षका सुजनामाया आले, कक्षा ११ का सुमन श्रेष्ठ र कक्षा ११ का नोबि रानालाइ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । सो कार्यक्रममा ७५.१ प्रतिशत अंक सहित उत्कृष्ट नतिजा ल्याई उतिर्ण हुन सफल सुसिल कोईरालालाइ सहायक क्या. प्रमुख आत्मराम वास्तोलाले व्याक्तिगत नगद पुरस्कार पनि प्रदान गर्नु भएको थियो ।
सोही अवसरमा क्याम्पसको जग्गा जग्गा सट्टापट्टा गरि जग्गा एकिकृत गर्न महत्वपूर्ण योगदान पु¥याउने निर्मल मािवका तत्कालिन अध्यक्ष स्व.भोजराज खनाललाइ मरोणोपरान्त र तत्कालिन निर्मल मािवका प्रअ रमेश हडखलेलाइ पनि सोही कार्यमा योगदान पु¥याएवापत सम्मान गरिएको थियो । २७ वर्ष प्राध्यापन तथा २३ वर्ष सम्म निरन्तर क्याम्पस प्रमुख रहि क्याम्पसको विकासमा अतुलनिय योगदान गरे वापत वैकुण्ठ न्यौपाने, २०७२ सालमा क्याम्पसलाइ ६ लाख ११ हजार १ सय ८१ नगद आर्थिक सहयोग गरेवापत क्या. संचालक समितिका सदस्य तथा व्यास २ का वडा अध्यक्ष काशिराम श्रेष्ठ, क्याम्पसमा १ लाख १ सय १ रुपैयाको शशिधर सरस्वती स्मृति अक्षयकोषको स्थापना गरेकोमा  व्यास १ का पुष्पराज तिवारी, र ३० हजार ५ सय ५ रुपैया दान गरि क्या. परिषद सदस्य वनेकोमा व्यास १० वैरेनिका ऋषिराम ढुंगाना र क्याम्पसमा ०५७ साल देखि प्राध्यपान गरि २०७३ सालमा अवकास लिएका पुर्व अंग्रेजि विभाग प्रमुख उपप्राध्यापक सन्त तमाङलाइ सेवाका खातिर सोहि समारोहमा दोसल्ला एवम् सम्मान प्रमाण पत्रबाट सम्मान गरिएको थियो ।  
क्याम्पसमा गत शैक्षिक सत्रमा विद्यार्थीहरुलाइ उत्कृष्ट नतिजा हासिल गराउन सफल नेपाली विषयका उप प्राध्यपक विजयराज खनाल, गत शैक्षिक सत्रमा उत्कृष्ट प्राज्ञिक कार्यकालागी नेपाली विषयका उपप्राध्यापक डा. रामकुमार अधिकारी, र उत्कृष्ट कार्य सम्पादन गरेकोमा कार्यालय सहयोगी आइतीमाया दरै समेतलाइ नगद पुरस्कार, दोसल्ला एवम् सम्मान पत्रबाट सम्मान गरिएको थियोे ।    
वार्षिकोत्सव कार्यक्रममा क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपानेले आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रतिवेदन एवं क्याम्पसको नीति तथा कार्यक्रम तथा वजेट प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीराम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने समितिका सदस्य एवम् आीर्थक समितिका संयोजक हरिविलास अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सोहि अवसरमा उद्योग वाणिज्य संघ दमौलीवाट क्याम्पसका महिला विद्यार्थीहरुका सहयोगका लागि प्रदान गरिएको ७ सय थान स्यानिटरि प्याड उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष मंगल प्रसाद श्रेष्ठ, शान्तिरमण वाग्ले र प्रशासक विश्वेश्र तिमल्सेनाले क्याम्पसका महिला विद्यार्थीलाइ हस्तन्तरण गर्नु भएको थियो ।
 सो समारोहमा क्या. सञ्चालक समितिका अध्यक्ष वस्नेतले प्रमुख अतिथि पोखरेललाई क्याम्पसका तर्फवाट मायाको चिनो हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले गर्नुभएको थियो । २८ औं स्थापना दिवसको सन्दर्भमा क्याम्पसको स्थापना र विकासमा सहयोग गर्ने पुर्व क्या. सञ्चालक समितिका अध्यक्ष स्व पुरुषोत्तम काफ्ले लगायत गत वर्ष दिवङ्गत हुनुभएका क्याम्पस परिवारका सदस्यहरू प्रति मौन धारण गरी श्रद्धाञ्जली व्याक्त गरिएको थियो भने उहाँहरुको सम्झना र सम्मानमा ३१ ओटा मैनबत्ती प्रज्वलन गरेर कार्यक्रमको समापन गरिएको थियो ।

 


Click here to Downlaod