यस वर्षको मनसुनमा देशभरका विभिन्न जिल्लाहरुमा गएको वाढी र पहिरो पिडीतहरुको सहयोगार्थ आदिकवि भानुभक्त क्याम्पस दमौलीमा कार्यरत प्राध्यापक एवं कर्मचारीहरुबाट सङ्कलन भएको रकम र स्वतन्त्र विद्यार्थी यूनियनको सक्रियतामा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुबाट सङ्कलित रकम २०७४ भाद्र ४ गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरीएको छ । प्रमुख जिल्ला अधिकारी रितेश कुमार शाक्यलाई आइतबार उक्त खातामा जम्मा गरिएको सहयोग रकम रु ३७ हजार ३ सय ९१ को सक्कल बैंक भौचर एक कार्यक्रमका विच हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपाने, प्राध्यापक सङ्घ क्याम्पस इकाई सभापति भरत काफ्ले, कोषाध्यक्ष विश्वेश्वर तिमल्सेना, स्व.वि.यू अध्यक्ष दुर्गा भण्डारी, उपाध्यक्ष सुर्दशन ढकाल, कोषाध्यक्ष विराट के.सी, सचिव वसन्ती थापा लगायतको सहभागिता रहेको थियो ।


Click here to Downlaod