दमौली, श्रावण २८
क्याम्पसमा कार्यरत प्राध्यापक एवं कर्मचारीहरुलाई कक्षा शिक्षण र प्रतिवेदन लेखनमा सूचना तथा सञ्चार प्रविधि प्रयोग तर्फ  दक्ष बनाउने उद्देश्यले ‘कक्षा शिक्षणमा सूचना तथा प्रविधिको प्रयोग सम्बन्धि २ दिने तालिम’ शनिबार बिहानबाट आदिकवि भानुभक्त क्याम्पस, दमौलीमा शुरु भएको छ ।
जिल्ला समन्वय समितिका नव निर्वाचित प्रमुख एवं क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष शान्ति रमण वाग्लेले पानसमा दिप प्रज्वलन गरि तालिमको उद्घाटन गर्दै शैक्षिक स्तर उन्नयनका लागि सूचना तथा सञ्चार प्रविधि प्रयोगकोे तालिमले विशेष महत्व राख्ने बताउनु भएको थियो । कार्यक्रममा पूर्व क्याम्पस प्रमुख एवं व्यास नगर पालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले क्याम्पसले लिएको लक्ष्य प्राप्त गर्न शिक्षण सिपलाई समयानकुल बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बस्नेत र प्राध्यापक संघका सभापति भरत काफ्लेले शुभकामना मन्तब्य राख्नुभएको थियो । क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपानेको सभापतित्वमा सञ्चालन भएको सो कार्यक्रममा सहायक क्याम्पस प्रमुख आत्माराम बास्तोलाले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले गर्नु भएको थियो । कार्यक्रममा क्ष्ऋत्भ् विषय संयोजक सुलभकुमार श्रेष्ठले तालिमको विषय बस्तु र उद्देश्यबारे प्रकाश पार्नुभएको थियोे ।
आई.टी. का प्रध्यापकहरु सुलभ कुमार श्रेष्ठ, विक्रम थापा, शैलेन्द्र पौडेल र दिपक पन्थले सहजिकरण गर्नुभएको तालिममा क्यााम्पसमा कार्यरत प्राध्यापक एवं कर्मचारीहरु गरी ५६ जनाको सहभागिता रहेको छ । प्रशिक्षार्थीहरुलाई ३ समुहमा विभाजन गरी तालिम सञ्चालन गरिएको छ ।

 


Click here to Downlaod