मंसिर २४/ दमौली,
आदिकवि भानुभक्त क्याम्पस, दमौलीलाई मानक विश्वविद्यालयको पूर्वाधार विकास गर्न र विज्ञान तथा प्रविधियुक्त शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले आगामी माघ ५ गते देखि १२ गतेसम्म तनहुँ आदिकवि भानुभक्त धार्मिक एवं शैक्षिक महोत्सव–२०७२ मूल समारोह समितिको वैठक मिति २०७२ मङसिर २६ गते शनिबार दिउसो ठिक १२ः३० बजे क्याम्पसमा आयोजना गरिने भएको छ । 


२०२९ सदस्यीय उक्त मूल समारोह समितिको बैठकमा तनहुँबाट प्रतिनिधित्व गर्नु हुने सम्पूर्ण सांसद, पूर्व मन्त्रि, राजनैतिक दलका केन्द्रिय एवं जिल्ला स्तरका पदाधिकारी–सदस्य, आमन्त्रित सदस्य, क्याम्पस सञ्चालक समितिका पूर्व एवं वर्तमान पदाधिकारी एवं सदस्य, परिषद सदस्य, छात्रवृत्ति अक्षय कोषका संस्थापक, जग्गा तथा आर्थिक सहयोग दाता, पूर्व प्राध्यापक–कर्मचारी एवं विद्यार्थी, अभिभावक, स्थानीय टोल समिति, आमा समुह, वन समुह, नागरिक मञ्च, शैक्षिक संघसंस्था लगायत सम्पूर्ण सल्लाहकार तथा सदस्यहरु उक्त बैठकमा सहभागि हुने जनाइएको छ । उक्त बैठकमा महोत्सवको लोगो सार्वजनिक गर्ने, विभिन्न समितिको कार्यविवरण निर्धारण गर्ने, महोत्सवका कार्यक्रम एवं महोत्सवको अवधारणा पत्र सार्वजनिक गर्ने र महोत्सवको कार्यतालिका निर्माण गरिने महोत्सवका प्रवक्ता एवं सहायक क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जनाउनु भएको छ ।


Click here to Downlaod