दमौली, मङ्सिर २४

आदिकवि भानुभक्त क्याम्पस, पब्लिक क्याम्पस प्राध्यापक संघ इकाईको आयोजनामा बिहिबार बिहान संविधानमा शिक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्राध्यापक संघका केन्द्रिय अध्यक्ष प्राध्यापक रामेश्वर उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम इकाई सभापति भरत काफ्लेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि उपाध्यायले शिक्षामा राज्यको लगानी बढाउन पर्ने र देशको विभिन्न भागमा छरिएर रहेका गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका आदिकवि भानुभक्त क्याम्पस जस्तै उच्च शिक्षामा महत्वपूर्ण योगदान गर्दै आएका सामुदायीक उच्च शैक्षिक संस्थाहरुलाई विश्व विद्यालयमा विकास गर्न नेपाल प्राध्यापक संघले वकालत गर्ने बताउनु भएको थियो । सम्विधानमा प्रादेशिक विश्व विद्यालयको प्रावधान समेटिएको र विश्व विद्यालय अनुदान आयोग पनि सबल सामुदायीक क्याम्पसहरुमा विश्व विद्यालयको पुर्वाधार विकास गर्न योजना बद्ध रुपमा अगाडि बढेको अवस्थामा आदिकवि भानुभक्त क्याम्पसले माघ ५ देखि मानक विश्व विद्यालयको पुर्वाधार विकास गर्न र प्राविधिक विषयहरुमा कक्षा सञ्चालन गर्न तनहुँ आदिकवि भानुभक्त धार्मिक एवं शैक्षिक महोत्सवको आयोजन गर्न लागेकोमा खुसि व्यक्त गर्दै प्रमुख अतिथि उपाध्यायले पब्लिक क्याम्पसका प्राध्यापकहरुको हक हित सेवा सुविधाका लागि नेपाल प्राध्यापक संघ हरदम प्रयत्नशिल रहने बताउन ुभएको थियो । कार्यक्रममा प्रा.डा तिर्थराज पराजूली क्याम्पस सञ्चालक समितिका अध्यक्ष समून्द्र गोदार, क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपाने, निवर्तमान क्याम्पस प्रमुख बैकुण्ठ न्यौपाने, सहायक क्याम्पस प्रमुख महाप्रसाद हड्खले, नेपाली विभागका प्रमुख डा. ईश्वरचन्द्र वाग्ले, प्रजातन्त्रवादी प्राध्यापक संघ ईकाई सभापति सन्त तामाङ, दमौली कलेज प्राध्यापक संघ इकाई सभापति नरेन्द्र न्यौपाने लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन इकाई सचिव डा. रामकुमार अधिकारीले गर्नु भएको थियो ।


Click here to Downlaod