दमौली, मङसिर २३
आदिकवि भानुभक्त क्याम्पसले आगामी माघ ५ देखी क्याम्पस परिसर व्यास १ भादगाउ, दमौलीमा गर्ने धार्मिक एवम् शैक्षिक महोत्सवमा सवै राजनैतिक दलहरुले एक्यवद्वता जनाउने निर्णय गरेका छन् ।
क्याम्पसले गर्न लागेको “तनहुँ आदिकवि भानुभक्त धार्मिक एवं शैक्षिक महोत्सव २०७२” नाम दिइएको उक्त महोत्सबको सम्वन्धमा राजनितिक दलको सहयोग जुटाउने उद्देश्यले राजनैतिक दल समन्वय समितिका संयोजक राजेन्द्र केशरी न्यौपानेको अध्यक्षतामा वुधवार दिउसो सन्तोष होटलमा आयोजित सर्वदलिय वैठकमा सहभागी दलका अध्यक्ष एवम् प्रतिनिधिहरुले २०४४ सालदेखि तनहुँको सदरमुकाम दमौलीमा सञ्चालित यस क्षेत्रमै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको, क्यु. ए. ए. प्रमाण पत्र प्राप्त एक विशिष्ट सामुदायिक क्याम्पसको पहिचान बनाएको आदिकवि भानुभक्त क्याम्पसलाई मानक विश्व विद्यालयमा विकास गर्नु र विज्ञान तथा प्रविधियुक्त बि.एस.सी., बि.बि.ए., बि.बि.एम. जस्ता थप शैक्षिक कार्यक्रमहरु सञ्चालनमा ल्याउनु अत्यवाश्यक भइसकेको र सोको लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने समुदायको सहयाता बिना असम्भव हुने हँुदा महोत्सव जरुरी भएकोसहभागी राजनितिक दलका नेताहरुले जनाएका छन ।
उक्त वैठकमा नेकपा एमालेका जिल्ला अध्यक्ष केदार सिग्देल, नेपाली काँग्रेसका जिल्ला सचिव विश्व बाँस्तोला,े, एनेकपा माओवादीका जिल्ला अध्यक्ष जगन्नाथ खनाल, नेकपा माओवादीका जिल्ला संयोजक अतिन्द्र केशरी न्यौपाने, रा.प्र.पा.नेपालकाका  अध्यक्ष कृष्ण प्रसाद पौडेल, लोकतान्त्रिक फोरमका अध्यक्ष दिपक भट्टराई, रा.प्र.पा.का जिल्ला सदस्य नन्द प्रसाद पन्त, सद्भावनाका  अध्यक्ष हर्कमान श्रेष्ठ, संघिय समाजवादीका हरी ंिसंह गुरुङ, दलित जनजातिका चुडाराम परियार, राष्ट्रिय जनमोर्चाका पुष्पलाल श्रेष्ठ लगायतले ‘अहिले नगरे कहिले गर्ने र हामिले नगरे कस्ले गर्ने’ अवस्था रहेकाले ‘समुदायको दानबाट समुदायको सान’ थप्ने सो महोत्सवमा क्याम्पसलाई सहयोग गर्न आफ्ना सवै कार्यकतालाई परिचालन गर्ने र जिल्लवासीहरुलार्ई अनुरोध गर्ने निर्णय गरेका छन् ।
हाल सम्म क्याम्पसकोे उन्नयनमा समुदायवाट विभिन्न अवसरमा प्राप्त अतुलनीय सहयोग र सद्भावको कदर गर्दै यसको विकासमा पुन योगदानको अपेक्षाका गर्दै महोत्सबको आयोजना गरिएको वताउदै क्याम्पस सञ्चालक समितिका अध्यक्ष समुन्द्र गोदारले वैठकको सहभागिलाई धन्यवाद दिनुभएको थियो । उक्त वैठकमा  निवर्तमान केन्द्रीय अध्यक्ष एवं क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख वैकुण्ठ न्यौपानेले महोन्सवको अवधारण पत्र पेश गर्नु भएको थियो । क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष एवं सल्लाहाकार ताराप्रसाद श्रेष्ठ र उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठले पनि महोत्सवका सम्वन्धमा विचार राख्नु भएको थियो । सहभागीहरुलाई क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपानेले स्वागत गर्नु भएको थियो भने वैठकको सहजिकरण सहायक क्याम्पस प्रमुख महा प्रसाद हड्खलेले गर्नृु भएको थियो ।
गुरु श्री गोविन्द शरण महाराजजी तथा पूज्य दिदी मीरादेवीज्यूको प्रमुख वाचनमा माघ ५ देखि हुने महोत्सवमा सहस्र शालीग्राम पूजा अर्चना, विराट धनधान्य महापर्व, एवं राष्ट्रिय कलाकारहरुबाट सङ्गीतमय भजन कीर्तन, श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, योग शिविर विभिन्न धर्म सम्प्रदायका गुरुजनको प्रवचन, चौरासी पूजा, ब्रतवन्ध, तुलादान आदि कार्यक्रमहरु वाहेक शैक्षिक मेला समेत हुने क्याम्यसले जनाएको छ ।


Click here to Downlaod