मङ्सिर, १७
जेष्ठ नागरीक आश्रम व्यास ८ दमौली तनहुँको आयोजनामा सञ्चालित श्रीमदभागवत सप्ताह एवम् धनधान्याचल विराट ज्ञानमहायज्ञको छैटौं दिन बिहिबार आदिकवि भानुभक्त क्याम्पस परिवारको तर्फबाट बेद व्यास जेष्ठ नागरिक आश्रम व्यास न.पा.८ चापाघाट लाई ५१ हजार १ सय ५१ रुपैया नगद दान सहयोग प्रदान गरिएको छ । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपाने, सहायक क्याम्पस प्रमुख महाप्रसाद हड्खले, पब्लिक क्याम्पस प्राध्यापक सङ्घ नेपालका केन्द्रिय सदस्य कमलामोहन वाग्ले, प्राध्यापक संघ क्याम्पस इकाई सभापति भरत काफ्ले, अतिरिक्त क्रियाकलाप प्रमुख वसन्त कंडेल लागायतका प्राध्यापक एवं कर्मचारीहरुको उपस्थितीमा  क्याम्पस सञ्चालक समितिका अध्यक्ष समुन्द्र गोदारले उक्त रकम महायज्ञ आयोजक समितिलाई हस्तान्तरण गर्नुभएको थियो । उक्त अवसरमा महायज्ञका प्रमुख बाचक वाचन प्रविण पण्डित श्री दिनबन्धु पोख्रेलले अध्यक्ष गोदार एवं क्याम्पस प्रमुख न्यौपानेलाई सम्मानपत्र प्रदान गर्नु भएको थियो ।


Click here to Downlaod