दमौली, मङ्सिर ५
आदिकवि भानुभक्त क्याम्पसले बि.एस्सी, बि.बि.ए. र एम.बि.ए. जस्ता प्राविधिक र रोजगारमूलक थप शैक्षिक कार्यक्रम सञ्चालन गर्ने र क्याम्पसलाई मानक विश्व विद्यालयमा विकास गर्ने उद्देश्य राखेर आगामी माघ ५ गतेदेखि १२ गतेसम्म आयोजना गर्न लागिएको तनहुँ आदिकवि भानुभक्त धार्मिक एवं शैक्षिक महोत्सवको तयारीेले तिव्रता पाएको छ ।  यसै क्रममा शनिबार दिउसो १ बजे महोत्सव तयारीका लागि गठित ५४ वटा समितिका संयोजकहरुको संयुक्त बैठक क्याम्पस शभाकक्षमा सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष समुन्द्र गोदारको अध्यक्षतामा सम्पन्न सो बैठकमा  निवर्तमान क्याम्पस प्रमुख वैकुण्ठ न्यौपानेले धार्मिक एवं शैक्षिक महोत्सवको अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो भने क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष शान्तिरमण वाग्लेले सम्मानका आधारहरु प्रस्तुत गर्नु भएको थियो । बैठकमासमितिका संयोजकहरुले आ–आफ्नो समितिको गठनको बारेमा प्रस्ट पार्नु भएको थियो ।
सो बैठकमा महोत्सवका प्रमुख वाचक गोविन्दशरण माहाराजजीका स्वकीय सचिव धु्रव चन्द्र वस्यालले धार्मिक तथा शैक्षिक महोत्सव २०७२ सँग सम्बन्धित अल्पकालीन र दीर्घकालीन उद्देश्यहरु र महोत्सवमा गरीने क्रियाकलाप माथि बैठकमा प्रकाश पार्नु भएको थियो ।
उक्त बैठकमा क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपानेले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो भने  क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठले बैठकमा सहभागीहरुलाई धन्यवाद व्यक्त भएको थियो । बैठकको सहजिकरण सहायक क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले सञ्चालन गर्नु भएको थियो ।


Click here to Downlaod