दमौली मङ्सिर ५,
निजामती सेवामा तनुहँ जिल्लाका शिक्षित व्यक्तिहरुको सहभागीता न्यून रहेको अवस्थामा यूवा हरुलाई लोक सेवाआयोग द्वारा लिइने परीक्षामा सामेल हुन प्रोत्सहान गर्ने उद्देश्यले ‘समावेशी निजामती सेवाका लागि लोक सेवा आयोगद्वारा लिइने शाखा अधिकृत परीक्षा तयारी अभिमुखीकरण तालिम’ शनिबार बिहानबाट आदिकवि भानुभक्त क्याम्पस, दमौलीमा शुरु भएको छ । सामान्य प्रशासन मन्त्रालय अन्तर्गत शासकीय सुधारका लागि सार्वजनिक प्रशासनको तयारी आयोजना, काठमाण्डौं, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, ललितपुर र आदिकवि भानुभक्त क्याम्पस दमौलीको संयुक्त आयोजनामा उक्त तालिम आयोजना गरिएको हो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष समुन्द्र गोदारको सभापतित्वमा सञ्चालन भएको तालिमको सामान्य प्रशासन मन्त्रालयका सह–सचिव राजेन्द्रकुमार पौडेलले उद्घाटन गर्दै निजामती सेवामा स्थानीय दलित, महिला, अपाङ्ग, पिछडिएको वर्ग र जातीको पहुच विस्तार गर्नका लागि उक्त तालिम आयोजना गरिएको बताउनु भएको थियो । कार्यक्रममा पूर्व क्याम्पस प्रमुख वैकुण्ठ न्यौपाने, क्याम्पस सञ्चालक समितिका पुर्व अध्यक्ष ताराप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा यू.एन.डि.पीका क्षमता विकाश विज्ञ नारायण श्रेष्ठले तालिमको उद्देश्य र  प्रकाश पार्नुभएको थियो । क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठले अतिथि एवं सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । तालिममा १०० जना स्नातक तह उत्तिर्ण तनहुँ एवं छिमेकी जिल्लाका प्रशिक्षार्थीहरुको सहभागित रहेको छ । प्रशिक्षार्थीहरुलाई २ समुहमा विभाजन गरी सामान्य प्रशासन मन्त्रालयका सह सचिव राजेन्द्रकुमार पौडेल, स्थानिय विकास प्रशिक्षण प्रतिष्ठान ललितपुरका उपनिर्देशक कृष्ण चन्द्र ढकाल, सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत विशाल सापकोटा र  यू.एन.डि.पीका क्षमता विकाश विज्ञ नारायण श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।   
उक्त कार्यक्रममा अर्थिक समिति संयोजक काशिराम श्रेष्ठ, सहायक जिल्ला शिक्षा अधिकारी सूर्य क्षेत्री, प्राध्यापक संघ आदिकवि भानुभक्त क्याम्पसका सभापति भरत काफ्ले, व्यवस्थापन विभाग प्रमुख सदाखर तिमिल्सिना, मानविकी विभाग प्रमुख कमलामोहन वाग्ले, अङ्ग्रेजी विभाग प्रमुख सन्त तामाङ, शोध तथा अनुसन्धान विभागका संयोजक डा.रामकुमार अधिकारी लगायतको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले गर्नुभएको थियो ।


Click here to Downlaod