दमौली, कार्तिक १४
आदिकवि भानुभक्त क्याम्पसले बि.एस्सी, एम.एस्सी., बि.बि.ए. र एम.बि.ए. जस्ता प्राविधिक र रोजगारमूलक थप शैक्षिक कार्यक्रम सञ्चालन गर्ने र क्याम्पसलाई मानक विश्व विद्यालयमा विकास गर्ने उद्वेश्य राखेर आगामी माघ ५ गतेदेखि १२ गते सम्म आयोजना गरीने तनहुँ आदिकवि भानुभक्त धार्मिक महोत्सवको तयारीले तिव्र गति लिन थालेको छ । यसै सम्बन्धमा कार्तिक १४ गते शनिबार बिहान मूल समारोह समितिलाई पूर्णता दिन समुन्द्र गोदारको अध्यक्षतामा समितिको वैठक क्याम्पस सवा कक्षामा सम्पन्न भएको छ ।  बैठकमा अध्यक्ष समुन्द्र गोदारले मूल समारोह समितिमा समेटिने संघ संस्थहरुको प्रस्ताव पेश गर्नु भएको थियो भने क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपानेले धार्मिक महोत्सवका सन्दर्भमा हाल सम्म भएको कार्य प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । निवर्तमान क्याम्पस प्रमुख वैकुण्ठ न्यौपानेले धार्मिक महोत्सवको कार्यदिशा माथि प्रकाश पार्नु भएको उत्त वैठकमा सहायक क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले महोत्सवका सन्दर्भमा उठेका प्राप्त सुझावहरु र महोत्सवका प्रमुख वाचक गुरु गोविन्दशरण महाराजजी र वाचिका मिरा दिदिको भिडियो फुटेज प्रस्तुत गर्नु भएको थियो । बैठकले महोत्सवको नाम ‘तनहुँ आदिकवि भानुभक्त शैक्षिक एवं धार्मिक महोत्सव’ राख्ने र महोत्सवको कार्य योजना तयार गर्न र कार्यान्वयन गर्नका निम्ति अध्यक्ष समुन्द्र गोदारको संयोजकत्वमा महोत्सव कार्य सम्पादन समिति गठन गर्नुका साथै कार्तिक २२ गते भित्र उप समितिहरुलाई पूर्णता दिने, मंसिद ५ गते शनिवार विहान उप समितिहरु सहितको बैठक आह्वान गर्ने र मंसिर २६ गते २ हजार २९ सदस्यीय मूल समारोह समितिको वृहत बैठक आह्वान गर्ने निर्णय गरेको छ । तनहुँ जिल्लाका सम्पूर्ण राजनितिक दल र दलका भातृ संघ संगठन एवं सुभेच्छुक संघ संस्था, सम्पूर्ण क्याम्पस, उ.मा.वि, समुदायिक एवं संस्थागत विद्यालय, प्राध्यापक, शिक्षक, कर्मचारी, जिल्ला भरका सरकारी एवं गैर सरकारी संघ संस्था, बैंक एवं वित्तिय संस्था, स्थानिय निकाय, सहकारी, सुरक्षा निकाय, पेशा गत संघ संगठन, वन उपभोक्ता समुह, ट्रेड युनियन, व्यापारी तथा व्यावसायिक संघ संगठन, नागरीक समाज, टोल विकास संस्था, आमा समूह, यूव क्लब, वाल क्लब, पत्रकार महासंघ, वार एसोसियसन, महिला समूह, धार्मिक गुठी भजन मण्डली, आदिवासी जनजाती महासंघ, जातिय समाजहरु, भूत पूर्व सैनिक एवं कर्मचारी क्याम्पस सञ्चालक समिति, साधारण सदस्य, जग्गादाता, छात्रवृत्ति, पूर्व प्राध्यापक तथा विद्यार्थीहरु, विद्यमान प्राध्याक, कर्मचारी, अभिभावक एवं विद्यार्थी आदि उप समितिमा रहेका छन् ।   
उत्त बैठकमा पत्रकार महासंघका अध्यक्ष डम्वर अधिकारी, प्रेस चौतारीका अध्यक्ष नारायण खड्का र व्यास न.पा.का कार्यकारी प्रमुख रामचन्द्र पौडेललाई सम्मान गरीएको थियो । बैठकमा उपस्थित सहभागीहरुलाई उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठले स्वागत गर्नुभएको थियो भने क्याम्पस सेवा आयोगका संयोजक राजेन्द्र केशरी न्यौपानेले धन्यवाद प्रदान गर्नु भएको थियो ।


Click here to Downlaod