दमौली, असोज २७
आदिकवि भानुभक्त क्याम्पसले बि.एस्सी, एम.एस्सी., बि.बि.ए. र एम.बि.ए. जस्ता प्राविधिक र रोजगारमूलक शैक्षिक कार्यक्रम सञ्चालन गर्ने र क्याम्पसलाई मानक विश्व विद्यालयमा विकास गर्ने उद्वेश्य राखेर आगामी माघ ५ गतेदेखि १२ गते सम्म तनहुँ आदिकवि भानुभक्त धार्मिक महोत्सवको आयोजना गर्ने भएको छ । असोज २७ गते दिउँसो क्याम्पसमा आयोजित अन्तरक्रिया कार्यक्रले उक्त निर्णय लिएको हो । उक्त अन्तरक्रिया कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष समुन्द्र गोदारको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा पूर्वराज्य मन्त्री अम्मर राज कैनी, जिल्ला शिक्षा अधिकारी टोप बहादुर श्रेष्ठ, पूर्व मेयर एवं क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष तारा प्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष शान्तिरमण वाग्ले, उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायत क्याम्पस सञ्चालक समितिका सदस्य, जग्गादाता, छात्रवृत्ति कोषका संस्थापक, चन्दादाता, व्यास न.पा. अन्तर्गतका टोल विकास संस्था, आमा समूह, वन समूह, क्लब, जिल्लाका सरकारी तथा गैर सरकारी संस्था, स्कुल, क्याम्पसका विभागीय प्रमुखहरु, प्राध्यापक, कर्मचारी, अभिभावक, विद्यार्थी सङ्घ सङ्गठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।  अन्तरक्रिया कार्यक्रममा  निवर्तमान क्याम्पस प्रमुख वैकुण्ठ न्यौपानेले महोत्सवको नाम, मिति, स्थान, उद्वेश्य, मुख्य वाचक, मुख्य क्रियाकलापहरु, महोत्सव मूल समारोह समिति र उप समितिका संयोजकहरुको गठन सम्बन्धी प्रस्ताव अनुमोदनका लागि गर्नु भएको थियो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष समुन्द्र गोदारको अध्यक्षतामा २०२९ सदस्यीय मूल समारोह समिति गठन भएको छ । मूल समारोह समितिको सहअध्यक्ष एवं समन्वय समिति संयोजकमा निवर्तमान अध्यक्ष शान्तिरमण वाग्ले तथा उपाध्यक्षमा श्रीप्रसाद श्रेष्ठ एवं कोषाध्यक्ष, महासचिव र सचिवमा क्रमशः काशीराम श्रेष्ठ, क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपाने, सहायक क्याम्पस प्रमुख महाप्रसाद हड्खले रहनु भएको छ । सोही कार्यक्रममा गठित उपसमितिहरु मध्ये राजनितिक दल समन्वय समिति संयोजकमा राजेन्द्रकेशरी न्यौपाने, आर्थिक समिति संयोजकमा काशीराम श्रेष्ठ, जनजाति आदिवासी समन्वय समितिका संयोजकमा यमबहादुर आले, अनुगमन तथा सुझाव समितिमा रामचन्द्र बस्नेत, स्थानीय निकाय समन्वय समिति कृष्णराज घिमिरे, सामाजिक सङ्घ संस्था समन्वय समितिमा डोबाटे वि.क., अभिभावक परिचालन समन्वय समितिमा रामलिला सुवर्णकार, टोल विकास समिति समन्वय समितिमा केशबहादुर सुनार, धार्मिक संघ संस्था परिचालन समितिमा प्रेमप्रकाश भट्टराई, शोभायात्रा व्यवस्थापन समितिमा श्रीभद्र खनाल, पुजा व्यवस्थापन समितिमा सरस्वती अधिकारी, युवा परिचालन समितिमा श्रीराम कार्की, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्र समन्वय समितिमा प्रताप गुरुङ, उद्योग वाणिज्य क्षेत्र समन्वय समितिमा देवबहादुर श्रेष्ठ, मातृशक्ति व्यवस्थापन समितिमा सरिता भण्डारी, शिक्षण संस्था समन्वय समिति वैकुण्ठ न्यौपाने, भू.पू. सैनिक समन्वय समितिमा रामबहादुर जि.सी, मञ्च व्यवस्थापन समितिमा हरिविलास अधिकारी, प्रचार प्रसार तथा सञ्चार समन्वय समितिमा श्रीकृष्ण न्यौपाने, स्वास्थ्य सेवा समन्वय समितिमा बुद्धिमान श्रेष्ठ, सरसफाई व्यवस्थापन समितिमा ठाकुर दरै, स्वयमसेवक परिचालन समितिमा खेमराज अधिकारी, सरकारी निकाय समन्वय समिति डिल्लीराज थापा, अतिथि सत्कार स्वागत समितिमा कमलामोहन वाग्ले, आवासीय विद्यालय समन्वय समितिमा सन्त तामाङ, पुर्व विद्यार्थी तथा विद्यार्थी संघ सङ्गठन परिचालन समितिमा भरत काफ्ले, छात्रवृत्तिदाता समन्वय समितिमा देवनिधि पन्त, यातायात व्यवस्थापन समितिमा डिलबहादुर दरै, भोजन व्यवस्थापन सहयोग समितिमा सीता थापा, वन उपभोक्ता समूह परिचालन समितिमा रमेशचन्द्र हड्खले, लायन्स क्लब समन्वय समितिमा वैकुण्ठ मिश्र संयोजक रहनु भएको छ ।
त्यसै गरी पूर्व अध्यक्ष तारा प्रसाद श्रेष्ठको संयोजकत्वमा तनहुँ आदिकवि भानुभक्त धार्मिक महोत्सवको सल्लाहकार समिति गठन भएको छ । समितिको सदस्यमा तनहुँ जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने व्यवस्थापिका संसदका सदस्यहरु रामचन्द्र पौडेल, टुकराज सिग्देल, शंकर भण्डारी, रामचन्द्र पोखरेल, ध्रुव वाग्ले, झुल बहादुर आले, आशा कोइराला, शिवलाल थापा, जनक राज जोशी एवं तनहुँ जिल्लाबाट कन्द्रीय कार्य समितिमा प्रतिनिधित्व गर्नुहुने नेपाली कांग्रेसका गोविन्द भट्टराइ र प्रदिप पौडेल, ताराराज राना, एमालेका प्रतापलाल श्रेष्ठ, एक बहादुर राना, केदार सिग्देल, ने.क.पा माओवादीका डम्बर बहादुर वि.क., ए.ने.क.पा माओवादीका दिनेश खनाल, ने.क.पा–माओवादीका अतिन्द्रकेशरी न्यौपाने, फोरम लोकतान्त्रिकका दिपक भट्टराई रहनु भएको छ ।
महोत्सवमा राष्ट्रिय शान्ति, पितृमोक्ष एवं धार्मिक, सामाजिक, नौतिक र शैक्षिक विकास गर्ने हेतुले अन्तर्राष्ट्रिय कथा बाचक श्रद्घेय श्री गोविन्द शरण महाराजजीको प्रमुख वाचन तथा मधुरवाणीकी धनी पूज्या दिदी मीरादेवीज्यूको सुन्दर समुपस्थितिमा सहस्र शालीग्राम पूजा अर्चना, विराट धनधान्य महापर्व, एवं राष्ट्रिय कलाकारहरुबाट सङ्गीतमय भजन कीर्तन, श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ, योग विज्ञान शिविर सञ्चालन हुने जनाइएको छ ।


Click here to Downlaod