असोज २ , दमौली
आदिकवि भानुभक्त क्याम्पसमा भारतिय राजदुतावासको अर्थ डिपार्टमेन्ट प्रमुख पुस्लवी सरकारले दुतावासको सहयोगमा निर्मित पुस्तकालय भवनको निरिक्षण भ्रमण गर्नु भएको छ । शनिवार बिहान क्याम्पस सञ्चालक समितिका अध्यक्ष समुन्द्र गोदार र क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपानेले श्रीमति सरकारलाई खादा ओढाएर स्वागत गर्नु भएको थियो । पुस्तकालयको विभिन्न कक्षको अवलोकन पश्चात श्रीमति सरकारले छलफलमा भाग लिइ आगामि नोभेम्वर महिनामा राजदुत रेले पुस्तकालय भवनको उद्घाटन कार्यक्रम तय गर्न र त्यसको तयारीका लागि गर्नु पर्ने कार्यहरुको योजनाका लागि आफुले क्याम्पसको भ्रमण गरेको एवं क्याम्पस पुस्तकालय भुकम्पले पु¥याएको क्षतिको पूर्न निर्माण गर्न, थप पुस्तक प्रदान गर्न र त्यसलाई थप आधुनिकीकरण गर्नमा राजदुतावासले सहयोग गर्ने वताउनु भएको थियो । निर्वतमान क्याम्पस प्रमुख वैकुण्ठ न्यौपाने, निवर्तमान क्याम्पस सञ्चालक समितिका अध्यक्ष शान्ति रमण वाग्ले, उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ र पुस्तकालय सल्लाहकार समतिका संयोजक प्रेम प्रकाश भट्टराइले क्याम्पसमा बिज्ञान तथा प्रविधि भवन निर्माणमा राजदुतावासलाई सहयोग गर्न अनुरोध गर्नु भएको थियो । दुतावासले पुस्तकालयको भवन निर्माण, फर्निचर खरिद र ऋऋत्ख् ऋबmभचब खरिदका लागि रु १ कारोड ८ लाख भन्दा वढी रकम प्रदान गरेको थियो भने भवनको २०७० सालमा निर्माण सम्पन्न भएको थियो ।


Click here to Downlaod