आदिकवि भानुभक्त क्याम्पसको २९ औँ वार्षिकोत्सव अवसरमा विहिवार दिउसो क्याम्पसमा नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ । उच्च माध्यमिक कार्यक्रम व्यस्थापन समितिका संयोजक रामलिला सुवर्णकारको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष समून्द्र गोदार रहनु भएको थियो । प्रतियोगितामा १६ ओटा समूह तथा एकल नृत्य प्रस्तुत भएका थिए भने ८ ओटा गायन प्रस्तुत भएको थियो । प्रतियोगितामा गायन तर्फ कक्षा १२ व्यवस्थापन समूहका दिनेस कुमार श्रेष्ठ प्रथम भएका थिए भने कक्षा १२ विज्ञान समूहका दिनेस थापा र सोही कक्षाका शिक्षा समुहका ऋषिराम रानाभाट र सविना घर्ती क्रमशः दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार जित्न सफल भएका थिए । नृत्य तर्फ भने कक्षा १२ शिक्षा समुहका सुष्मा थापा, निलम थापा, विनिता थापा, विना थापा र सविना थापाको कौरा नाचको समूह प्रथम र कक्षा ११ शिक्षा समूहको अनिस आले, निसान आले, र आश्विन थापाको. झ्याउरे नाचको समुह द्वितीय पुरस्कार प्राप्त गरेको थियो । व्यवस्थापन समूह कक्षा १२ को सौगात गुरुङ्ग, योगिता कुमाल, हिमलाल कुमाल, ममता गुरुङ्ग, दयाराम परियार र रोषन गुरुङ्गको कौरा नाचले तृतीय पुरस्कार प्राप्त गरेको थियो भने एलिसा गुरुङ्ग र कृष्टि आलेको समुहले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो । प्रतियोगितामा गायन तर्फ लोक दोहोरी प्रतिष्ठान तनहुँका अध्यक्ष मेघनाथ रिमाल र सदस्य बलिराम वि.क एवं नृत्य तर्फ सर्जन थापा र संगम कायस्थ निर्णयक मण्डलमा रहनु भएको थियो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष समून्द्र गोदार क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपानेले शुभकामना मन्तव्य दिनुभएको थिया भने सहायक क्याम्पस प्रमुख महा प्रसाद हड्खलेले स्वागत गर्नु भएको थियो । कार्यक्रमको औचित्य माथि उच्च माध्यमिक कार्यक्रम संयोजक चिरञ्जिवी वस्नेतले प्रकाश पार्नु भएको थियो । कार्यक्रमको सञ्चालान अतिरिक्त समितिका संयोेजक वसन्त कडेलले गर्नु भएको थियो ।
व्यवस्थापन विभागका प्रमुख सदाखर तिमल्सिना, अंग्रेजी विभाग प्रमुख सन्त तामाङ्ग, उच्च मा.वि संयोजक चिरञ्जिवी बस्नेत, विद्यार्थी परामर्श समितिका संयोजक आत्माराम बास्तोला, सोध तथा अनुसन्धान समितिका संयोजक डा. रामकुमार अधिकारी, प्रध्यापक नारायण गौतम, विष्णु कुमार यादव, सागर न्यौपाने, जनक काफ्ले लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख महा प्रसाद हड्खलेले स्वागत मन्तव्य दिनुभएको थियो भने अतिरिक्त क्रियाकलाप समितिका संयोजक वसन्त कडेलले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा गायन तर्फ विजयी प्रथम द्वितीय र तृतीय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगिहरुलाई क्रमशः रु १ हजार, ७ सय, ५ सय र ३ सय एवं नृत्य तर्फ क्रमशः रु ३ हजार, २ हजार, १५ सय र ५ सय पुरस्कार रासी  प्रदान गरिने र भदौ १८ गते वार्षिक उत्सवको मुल समारोहमा पुरस्कार वितरण गर्ने बताईएको छ । 


Click here to Downlaod