भाद्र १७, दमौली
आदिकवि भानुभक्त क्याम्पसको २९ औँ वार्षिकोत्सव अवसरमा विहिवार विहान क्याम्पसमा भानुभक्तिय रचना वाचन प्रतियोगिता सम्पन्न भएको छ । नेपाली विभागका प्रमुख डा ईश्वर चन्द्र वाग्लेको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष समून्द्र गोदारले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा ८ ओटा विद्यालयका विद्यार्थीहरुले भानुभक्तिय रामायणका श्लोकहरु लय हालेर वाचन गरेका थिए । उनिहरु मध्ये कन्काई आवासिय माध्यमिक विद्यालयका छात्रा अंशुमाला भट्टराई प्रथम, व्यास दिव्यज्योती बोर्डिङ का दिवा थापा र गरिमा घिमिरे द्वितीय, महर्षि वेद व्यास संस्कृत गुरुकुलका सन्दिप ढकाल तृतिय, निर्मल उ.मा.वि का सन्तराम वि.क सान्त्वना र सत्यवती उ.मा.वि का आकृती बसौला र सरिता श्रेष्ठ सान्त्वना पुरस्कार जित्न सफल भएका छन् । उक्त कार्यक्रममा दमौली फ्युचर स्टार वोर्डिङका उसा कडेल र वर्ष वरुवाल,  महर्षि वेद व्यास संस्कृत मा.विका प्रियङ्का खनाल, दमौली पब्लिक बोर्डिङ स्कुलका करुणा वि.क र सञ्जिला थापा, न्यू भिजन पब्लिक एकेडेमी स्कुल छाङ ३ थर्पुका प्रकृती अधिकारी समेतको सहभागिता रहेको थियो । कार्यक्रममा स्नातकोत्तर तहका विद्यार्थी शान्ता वास्तोला लगायतले गजल तथा कविता पाठ गरेका थिए । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, क्याम्पस प्रमुख श्री कृष्ण न्यौपाने, नि. वर्तमान क्याम्पस प्रमुख बैकुण्ठ न्यौपाने, व्यवस्थापन विभागका प्रमुख सदाखर तिमल्सिना, सामाजिक विज्ञान विभागका प्रमुख कमलामोहन वाग्ले, अंग्रेजी विभाग प्रमुख सन्त तामाङ्ग, शिक्षा विभाग प्रमुख एक वहादुर गुरुङ्ग, विज्ञान तथा प्रविधि विभाग प्रमुख राजन घिमिरे, उच्च मा.वि संयोजक चिरञ्जिवी बस्नेत, विद्यार्थी परामर्श समितिका संयोजक आत्माराम बास्तोला, सोध तथा अनुसन्धान समितिका संयोजक डा. रामकुमार अधिकारी, अतिरिक्त क्रियाकलाप समितिका संयोजक वसन्त कडेल एवं प्राध्यापक संघका अध्यक्ष भरत काफ्ले लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख महा प्रसाद हड्खलेले स्वागत मन्तव्य दिनुभएको थियो भने अतिरिक्त क्रियाकलाप समितिका संयोजक वसन्त कडेलले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।


Click here to Downlaod