भाद्र ११, दमौली
आदिकवि भानुभक्त क्याम्पस दमौलीमा मेघछली अक्षय छात्रवृत्ति कोषको स्थापना भएको छ । क्याम्पस सञ्चालक समितिका आमन्त्रित सदस्य व्यास ११ साँखरटोल, दमौली, तनहुँ निवासी समाजसेवी  देव निधि पन्त र वहाँकी धर्म पत्नि केशव कुमारी पन्तले आफ्ना स्वर्गीय पिता मेघ नाथ पन्त र माता छलिमाया पन्तको संस्मरणमा स्थापना गर्नु भएको मेघछली छात्रवृत्ति अक्षय कोष रु १ लाख १ सय ११ रुपैयाको रहेको छ । उक्त कोषबाट आउने व्याज रकमबाट क्याम्पसमा अध्ययनरत दलित, आदिवासी, जनजाती र न्यून आर्थिक अवस्था भएका र पिछडिएका वर्ग र क्षेत्रबाट उच्च शिक्षा अध्ययनमा आएका छात्र छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्ने कोषका संस्थापक समाजसेवी देवनिधि पन्तले वताउनु भएको छ । क्याम्पस संचालक समितिको माद्र ११ गते शुक्रबार बिहान बसेको बैठकमा पन्तले उक्त कोषको स्थापनाको वारेमा जानकारी गराउनु भएको थियो । मेघछली छात्रवृत्ति कोष सहित हालसम्म क्याम्पसमा कुल २३ ओटा छात्रवृत्ति कोषमा स्थापना भएका छन् । क्याम्पस सञ्चालक समितिको उक्त वैठकले पन्त लाई क्याम्पसको आगामी भाद्र १८ गते हुने २९ औं स्थापना दिवसको अवसरमा सम्मान गर्ने निर्णय समेत गरेको छ ।


Click here to Downlaod