श्रावण ०७, दमौली
क्याम्पस संचालक समिति एवं क्याम्पस परिषदका अध्यक्ष समुन्द्र गोदारको अध्यक्षतामा बिहिवार दिउसो क्याम्पस पुस्तकालयको समिक्षा हलमा वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । क्याम्पस नियमावलीले व्यवस्था गरे अनुसार क्याम्पसको आर्थिक, शैक्षिक एवं भौतिक गतिविधिहरुलाई वार्षिक रुपमा पारदर्शिता पूर्वक छलफलमा ल्याउन २५ हजार भन्दा वढीको आर्थिक सहयोग दाता, छात्रवृत्तिकोष संस्थापक, जग्गादाता, सञ्चालक समिति, क्याम्पस प्रशासन, प्राध्यापक, कर्मचारी, विद्यार्थी सङ्घ सङ्गठनका इकाई प्रमुखहरु, जि.वि.स., उद्योग वाणिज्य सङ्घ, नगर पालिका प्रतिनिधि, निर्वाचित सभासद र राजनितिक दलका प्रतिनिधि समेत सदस्य रहने क्याम्पस परिषद्को बैठक नियमावलीमा व्यवस्था भए अनुसार वर्ष मा २ पटक  बस्ने गर्दछ ।
परिषद् बैठकमा क्याम्पसमा गठित विभाग, समिति र क्याम्पस प्रशासनका गतिविधिहरुलाई प्रस्तुत गरिएको थियो । बैठकमा क्याम्पस प्रमुख श्री कृष्ण न्यौपानेले  शैक्षिक सत्र २०७१ श्रावण देखि २०७२ असार मसान्त सम्मको आर्थिक, शैक्षिक र भौतिक पक्ष संग सम्बन्धित वार्षिक प्रतिवेदन र आगामि वर्षको निति कार्यक्रम र वजेत पेश गर्नु भएको थियो भने सहायक क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले विश्व विद्यालय अनुदान आयोग वाट यस आर्थिक वर्षबाट सञ्चालनहुन लागेको उच्च शिक्षा सुधार परीयोजनाको उद्येश्य, कार्यक्रम, वजेट र त्यसमा सहभागिहुन क्याम्पसले गर्नु पर्ने तयारीका वारेमा प्रस्तुती दिनु भएको थियो । बैठकमा  व्यवस्थापन विभागका प्रमुख सदाखर तिमिल्सिना, मानविकी तथा सामाजिक विज्ञान विभाग प्रमुख कमलामोहन वाग्ले, अङ्ग्रेजी विभाग प्रमुख सन्त तामाङ, शिक्षा विभाग प्रमुख एक बहादुर गुरुङ, उच्च माध्यामिक कार्यक्रम संयोजक चिरञ्जिवी वस्नेत, विद्यार्थी परामर्श समित संयोजक आत्मा राम वास्तोला, शोध अनुसन्धान समिति संयोजक डा.रामकुमार अधिकारी, अतिरिक्त क्रियाकलाप समिति संयोजक वसन्त कंडेल र नेपाली विभागका प्रमुख डा. ईश्वर चन्द्र वाग्लेको अनुपस्थिमा त्यस विभागका सदस्य सुशिल प्रसाद वाग्लेले वार्षिक प्रतिवदेन पेश गर्नु भएको थियो । विभागीय प्रतिवेदन हरुमा विद्यार्थी भर्ना, उत्र्तिणदर, पाठ्यभार, विषयगत नतिजा, सम्पन्न एवं आगामि कार्यक्रम र सवल तथा दुर्वल पक्ष उल्लेख गरिएको थियो ।
बैठकमा प्रतिवेदनहरुको प्रस्तुती पश्चात त्यस माथि छलफल एवं टिप्पणी गरिएको थियो । क्याम्पसका संस्थापक सदस्य एवं व्यास नगर पालिकाका प्रथम मेयार तारा प्रसाद श्रेष्ठ,  सञ्चालक समितिका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, क्याम्पस सेवा आयोगका सदस्य यमबहादुर आले, आर्थिक समिति संयोजक काशीराम श्रेष्ठ, सदस्य डोवाटे वि.क., निवर्तमान क्याम्पस प्रमुख वैकुण्ठ न्यौपाने, नेकपा एमालेका केन्द्रिय वैकल्पिक सदस्य प्रतापलाल श्रेष्ठ, प्राध्यापक सङ्घ इकाई सभापती भरत काफ्ले, प्राध्यापक भोजराज देवकोटा, जनक काफ्ले, ने.वि.सङघ इकाइ सभापती उद्वव पौडेल, अनेरास्ववियू इकाइ सचिव विशाल ढकाल, अखिल क्रान्तिकारीका इकाइ अध्यक्ष डम्मर वि.क. लगायतले छलफलमा  भागलिनु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई क्याम्पस प्रमुख न्यौपानेले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख हड्खलेले गर्नु भएको थियो ।
कार्यक्रममा क्याम्पसले क्यु.ए.ए. मान्यता प्राप्त गर्नु, स्नातक र उच्च मा.वि तहमा विद्यार्थीको आकर्षण वढ्नु, विज्ञान तथा प्रविधि विषयमा पढाई सुरु हुनु जस्ता सवल पक्षहरु माथि चर्चा गरिएको थियो भने क्याम्पसको आर्थिक भार वढेदै जानु, विद्यार्थी ड्रप आउट सङ्ख्यामा वृद्घिहुनु, मानविकी र स्नातकोत्तर तहमा विद्यार्थीको भर्ना न्यून हुनु जस्ता चुनौतीहरु समाधानका उपायहरु माथि बृहत छलफल गरिएको थियो । बैठक विश्व विद्यालय अनुदान आयोग वाट यस आर्थिक वर्षबाट सञ्चालनहुन लागेको उच्च शिक्षा सुधार परीयोजनामा सहभागीहुने न्यून विद्यार्थी भर्नादर भएका र पाठ्यभार नपुग भएका प्राध्यापकहरुलाई ससम्मान स्वेच्छिक अवकासमा सहभागीहुने अवसर प्रदानहुने विज्ञान तथा प्रविधिका विषयहरुलाई फोकस कार्यक्रम बनाउने जस्ता निष्कर्शमा पुगेको थियो । हाल क्याम्पसमा १८०० विद्यार्थी अध्ययनरत छन् भने ५१ जना प्राध्यापक र १३ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।


Click here to Downlaod